सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk ग्रुप मार्मा १ ले हात पारेको छ।त्यस्तै द्वितीय स्थान भने नौगाड गाउँपालिका वडा नं ४ सिप्टी बि टिमले हात पारेको छ भने त्रितिय स्थान नौगाड ५ सेलाबगड टिम भएको छ।प्रथम हुने टिमले ३० हजार नगद,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ।द्वितिय टिमलाई १८ हजार नगद प्रमाणपत्र र सिल्ड वितरण गरिएको आयोजकले जनाएको छ।त्यस्तै त्रितिय टिमलाई नगद रु १२ हजार,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ ।चौथो सान्त्वना भने आयोजक टिम C भएको छ।सान्त्वना हुने टिमलाई नगद ६ हजार प्रदान गरिएको क्लबका…
नवोदित गायक दिपक बोहराको लय शब्द रहेको ``दशैँ तिहारमा´´बोलको डेउडा गीत बजार आएको छ।दशैँ तिहारको भाव बोकेर गीत बजारमा ल्याएको बोहराले जानकारी दिनुभयो। गीतका शब्दहरुमा परदेशीको कारुणिकता र मार्मिकता पोखिएको छ।बोहरा आफू परदेशमा भएर पनि हुन सक्छ परदेशको यथार्थता भोगाइ र नेपाली चाडबाडमा शुन्यता महसुस हुनु परदेशिको ब्याथालाई समेटिएको गीतमा स्वर भने गायक गोपाल दयाल र नव बाल गायिका कल्पना बिष्टको रहेको छ। गीत``लभलाइट म्युजिक´´स्ट्युडियोबाट सार्वजनिक गरिएको छ।गायक बोहराले बिजया दशमी तथा शुभ दिपावली २०८१ को अवसरमा बजारमा ल्याएका हुन। दार्चुलाको लेकम १ शर्मोली घर भएका बोहराले यो भन्दा पहिला ४ ओटा सांगितिक कोसेली बजारमा ल्याइसकेका छन।``न्याउली पातल,लेकमैको सेरो,सोल्टासिल्टी,ए साली…
दार्चुलाको मार्मा गाउँपालिका वडा नं ६ स्थित, रहेको सशक्त युवा एकता समाज युवा क्लबले प्रथम PHD वडा स्तरिय खुल्ला पुरुष भलिबल खेल सन्चालन आगामी कार्तिक ५ गतेदेखी सन्चालन गर्ने भएको छ।प्रथम पटक उक्त खेल सन्चालनको तयारी गर्न लागिएको आयोजकले जनाएको छ।``खेलाडी मान होइन सम्मान हो,खेलकुद सान होइन पहिचान हो भन्ने मुल नाराका साथ खेलको आयोजना गर्न लागिएको सशक्त युवा एकता समाज क्लबका अध्यक्ष नारद धामीले जानकारी दिनुभयो। गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका…
दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुला पुरुष भलिबल खेल सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ।गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारद धामीले बताउनुभयो।युवा अवस्थामै दिवंगत हुने मार्मा गाउँमालिका वडा ६ सिरानपानीका स्व. देव सिह धामी, मार्मा ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नं ६ तल्लाधरेबाज निवासी स्व.प्रताप डडाल तीनै जनाको स्मृतिमा उक्त भलिबल खेलको आयोजना गर्न…
दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल सिंह साउँद (भमारो) का श्रीमती सरिता साउँद (सरे) को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जनाएको छ।आइतबार घाँस काट्न गएको बेला भिरबाट लडेर उनको मृतु भएको हो।
दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…
दार्चुला।दार्चुलाको मार्मा गाउँपालिका वडा नं ३ सल्लेथुमका मदन सिह विष्टलाई घाटिको क्यान्सर भएको लामो समय भयो।क्यान्सरको उपचार गराउदा गराउदै १२/१३ लाख खर्च भयो तर क्यान्सर निको नभएर झन खतरापूर्ण हुन थाल्यो।एकातीर पारिवारिक अवस्था कमजोर,अर्को तिर क्यान्सर जस्तो सम्वेदनशील रोग उपचार गराउदा गराउदै सबै पैसा रित्तियो।हाल उनी चितवनको अस्पतालमा उपचारार्थ अवस्थामा हुनुहुन्छ।क्यान्सरको उपचार गराउदा अझै धेरै खर्च लाग्ने डाक्टरहरु बताउछन। उहाँको आर्थिक जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान जारि छ।हालसम्म उहाँको उपचारका लागि २ लाख ९९ हजार १ सय ७६ रुपियाँ आर्थिक संकलन भएको आफन्त पुष्कर विष्ट बताउनुहुन्छ।मार्माली आवाजसंगको कुराकानीमा,खर्च के कति लाग्ने?भन्ने प्रश्नमा उहाँले भन्नुभयो असिमित छ,उहाँको घाटीको क्यान्सरको…
दार्चुला।डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा न.१ कलेना बस्ने बर्ष अन्दाजी २२ कि ललिता बोहराले बिष (सेल्फाल) सेबन गरि आत्महत्या गरेकी छिन । आज बिहान बिष सेबन गरेको थाहा पाएपछी उहाका श्रीमान भरत बोहराले जोगबुडा अस्पताल भर्ना गर्नु भएको थियो तर भर्ना भएको करिब ३ घन्टा सम्म बचाउन निरन्तर प्रयास गर्दापनी सम्भब नभइ उपचारको क्रममा निधन भएको जोगबुडा अस्पतालका डा. जितेन्द्र चौधरीले बताउनु भएको छ। परशुराम नगरपालिका वडा न.५ परिगाउ माइत घर भएकी ललिता बोहरा माइती घर बाटै भुबनेस्वरी नमुना मा.बि. कक्षा १२ मा पढ्नु हुन्थ्यो ।३ बर्षिय छोरीकी आमा समेत रहेकी ललिताले बिष सेबन गर्नुको कारण थाहा नभएको र बिस्तृत…
दार्चुला। लगातार परिरहेको अविरल वर्षातका कारण सुदूरपश्चिम लगायत दार्चुला जिलाका ग्रामीण सडकहरु अबरुद्ध भएका छन।दार्चुलाको खलंगा,दल्लेख होपरिगाड सडक पूर्ण रुपमा अबरुद्ध भएको छ भने देथला होपरिगाड सडक समेत अबरुद्ध भएको छ।वर्षातका कारण बाढी पहिरो गएर सड्कहरु अबरुद्ध भएका छन भने कतिपय सडकहरु जमिन भासिएर भत्किदा अबरुद्ध भएको जनाएको छ।
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…