मार्माली आवाज

पर्यटन

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

दार्चुला।दार्चुला जिल्ला पर्यटकीय गन्तव्य बोकेको जिल्ला हो।जहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छन।भौगोलिक हिसाबले बिकट मानिएको दार्चुला पर्यटकीय क्षेत्रमा भने निकै सुगम मानिएको छ।दार्चुलाका मध्यभागमा रहेका पर्यकीय क्षेत्रहरुमा अझै त्यहांका स्थानीय सरकारहरुको ध्यान पुग्न सकिरहेको छैन।प्रचार प्रसारमा चासो नदेखिएका ती सुन्दर ठाउँहरु उजाड परेका छन।ती ठाउँहरुको बारेमा चर्चा परिचर्चा गर्दा तपाईं हाम्रो नजरअन्दाज पुग्न सक्छ या सक्दैन।पर्यटकीय स्थलहरुको बढोउत्तरी गर्ने हो भने त्यहाँका स्थानीयहरुको भावि जिविकोपार्जन त्यही बन्न सक्छ कि? १ नौगाड सिप्टी र मार्मा शेरी सिमाबिन्दुमा रहेको बिनायक धार मार्मा गाउँपालिका वडा नं ६ र नौगाड गाउँपालिका वडा नं ४ स्थित रहेको बिनायक डांडां पर्यटकीय गन्तव्य बोकेको एक सुन्दर ठाउँ…
Read More
प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk ग्रुप मार्मा १ ले हात पारेको छ।त्यस्तै द्वितीय स्थान भने नौगाड गाउँपालिका वडा नं ४ सिप्टी बि टिमले हात पारेको छ भने त्रितिय स्थान नौगाड ५ सेलाबगड टिम भएको छ।प्रथम हुने टिमले ३० हजार नगद,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ।द्वितिय टिमलाई १८ हजार नगद प्रमाणपत्र र सिल्ड वितरण गरिएको आयोजकले जनाएको छ।त्यस्तै त्रितिय टिमलाई नगद रु १२ हजार,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ ।चौथो सान्त्वना भने आयोजक टिम C भएको छ।सान्त्वना हुने टिमलाई नगद ६ हजार प्रदान गरिएको क्लबका…
Read More
सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुला पुरुष भलिबल खेल सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ।गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारद धामीले बताउनुभयो।युवा अवस्थामै दिवंगत हुने मार्मा गाउँमालिका वडा ६ सिरानपानीका स्व. देव सिह धामी, मार्मा ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नं ६ तल्लाधरेबाज निवासी स्व.प्रताप डडाल तीनै जनाको स्मृतिमा उक्त भलिबल खेलको आयोजना गर्न…
Read More
सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

सुनको भाउ आज १ लाख ४४ हजार रुपैयाँ

काठमाडौं, २५ जेठ ।  सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
Read More
जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

जलवायु परिवर्तन बारे जनचेतना जगाउन विश्व साइकल यात्रा सुरु

बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…
Read More
भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका नेपाली राजदूत फिर्ता

२४ जेठ, काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।…
Read More
अनुभूतिका पानामा प्युठान 

अनुभूतिका पानामा प्युठान 

–दीपेन्द्रसिंह थापा उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ ।   बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले…
Read More