दार्चुला।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर -१९ क्रिकेट प्रतियोगिता उपाधि अपिहिमाल वडा नं १ स्थित अलस्टार टिमले हात पारेको छ।कार्तिक ७ गतेदेखी सन्चालन गरिएको खेल आज आइतबार समापन गरिएको छ। अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री, प्रदेश सभा सदस्य मान बहादुर धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा सम्पूर्ण वडाका वडा अध्यक्षहरु, विद्यालयहरुका प्रधानाध्यापक, तथा खेलप्रेमीहरुको उपस्थितिमा एंव आतिथ्यता रहेको थियो ।खेलमा जम्मा ७ टिमको सहभागिता रहेको थियो। उपविजेता भने अपिहिमाल वडा नं ४ को ‘खण्डेश्वरी टाइगर्स’ बनेको छ । बिजेता अपि अलस्टारको टिमले …
सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk ग्रुप मार्मा १ ले हात पारेको छ।त्यस्तै द्वितीय स्थान भने नौगाड गाउँपालिका वडा नं ४ सिप्टी बि टिमले हात पारेको छ भने त्रितिय स्थान नौगाड ५ सेलाबगड टिम भएको छ।प्रथम हुने टिमले ३० हजार नगद,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ।द्वितिय टिमलाई १८ हजार नगद प्रमाणपत्र र सिल्ड वितरण गरिएको आयोजकले जनाएको छ।त्यस्तै त्रितिय टिमलाई नगद रु १२ हजार,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ ।चौथो सान्त्वना भने आयोजक टिम C भएको छ।सान्त्वना हुने टिमलाई नगद ६ हजार प्रदान गरिएको क्लबका…
नवोदित गायक दिपक बोहराको लय शब्द रहेको ``दशैँ तिहारमा´´बोलको डेउडा गीत बजार आएको छ।दशैँ तिहारको भाव बोकेर गीत बजारमा ल्याएको बोहराले जानकारी दिनुभयो। गीतका शब्दहरुमा परदेशीको कारुणिकता र मार्मिकता पोखिएको छ।बोहरा आफू परदेशमा भएर पनि हुन सक्छ परदेशको यथार्थता भोगाइ र नेपाली चाडबाडमा शुन्यता महसुस हुनु परदेशिको ब्याथालाई समेटिएको गीतमा स्वर भने गायक गोपाल दयाल र नव बाल गायिका कल्पना बिष्टको रहेको छ। गीत``लभलाइट म्युजिक´´स्ट्युडियोबाट सार्वजनिक गरिएको छ।गायक बोहराले बिजया दशमी तथा शुभ दिपावली २०८१ को अवसरमा बजारमा ल्याएका हुन। दार्चुलाको लेकम १ शर्मोली घर भएका बोहराले यो भन्दा पहिला ४ ओटा सांगितिक कोसेली बजारमा ल्याइसकेका छन।``न्याउली पातल,लेकमैको सेरो,सोल्टासिल्टी,ए साली…
दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुला पुरुष भलिबल खेल सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ।गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारद धामीले बताउनुभयो।युवा अवस्थामै दिवंगत हुने मार्मा गाउँमालिका वडा ६ सिरानपानीका स्व. देव सिह धामी, मार्मा ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नं ६ तल्लाधरेबाज निवासी स्व.प्रताप डडाल तीनै जनाको स्मृतिमा उक्त भलिबल खेलको आयोजना गर्न…
दार्चुला। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए । चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई…
सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी लगायतका विभिन्न जिल्लामा असार मसान्तका दिन मैझारो पर्व मनाउने गरिन्छ । धान रोप्ने काम सम्पन्न भएसंगै हरेक वर्ष असार मसान्तका दिन मैझारो पर्व मनाउने चलन छ । दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असार महिनाको अन्तिम दिन घरका झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ राख्ने प्रचलन छ । काँडेदार उक्त बिरुवालाई स्थानीय स्तरमा झिझिरकाँडाको नामले चिनिन्छ । कतै असार मसान्तका दिन मैझोरो पर्वका दिन राखिन्छ भने कतै साउने सक्रांन्तीका दिन झ्याल ढोकाहरुमा काँडेदार रुखको हाँगाँ राख्ने चलन छ । काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राखिने प्रचलन…
दार्चुला।सरकार राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न सरकारले बाधा अड्काउ फुकाउनको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्। उनले सरकारले नेपाल…
तपाइहरुको सुझाव सल्लाह र प्रतिकृयाको आवश्यकता छ।जसका लागि aawajmarmali@gmail.com मा आफ्ना सुझाव र प्रतिकृया आहितको सल्लाह पठाउनुहोला।धन्यवाद।
काठमाडौं, २५ जेठ । सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ। आज १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले आज फेरि अर्को रेकर्ड बनाएको हो। आज छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५०…
बलराम शिवाकोटी, दोलखा २५ जेठ । दोलखाका एक युवाले साइकलबाट विश्व भ्रमण सुरु गरेका छन् । दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्वर ३ लामिडाँडाका युवा अभिनय कार्कीले बिहीबार देखि दोलखाको सदरमुकाम चरिकोटबाट विश्व साईकल यात्रा सुरु गरेका हुन् । साइकल यात्राको शुभारम्भमा दोलखाका प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ ले नेपालको राष्ट्रिय झण्डा प्रदान गरे पछि कार्कीले साइकल यात्राको सुरु गरेका थिए । विश्व साइकल यात्रा शुभारम्भ कार्यक्रममा कार्कीलाई विदाई गर्न नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामा, एमाले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कमल श्रेष्ठलगायत राजनीति दलका नेताहरु तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, कालिञ्चोक गाउँपालिका…