मार्माली आवाज

पुटिन–किम वार्ताले नाटोलाई तनाव

Advertisement

उत्तर कोरियाका शासक किम जोग उन र रुसी राष्ट्रपति पुतीनका बिच १२ सेप्टेम्बर बिहान भेटवार्ता सम्पन्न भएको छ । नेता किम विशेष रेलमा चढी आज बिहानै रुसी सहर व्लादिवोस्तोक सहर पुगेका हुन् । सो रेलमा २० वटा बुलेट प्रुफ गाडीहरू पनि रहेको जानकारी हुन आएको छ । 

उत्तर कोरियाको हतियार र युद्ध सामग्रीसँग सम्बन्धित अफिसरहरू पनि सँगै यात्रामा रहेको जानकारी हुन आएको छ । सन् २०१९ पछि पहिलो पटक हुन लागेको यो वार्ताले दुवै देशको सम्बन्धमा सुधार हुने क्रिमलिनका प्रवक्ता डिमीट्री पेस्कोवले बताएका छन् । 

 दुई देशको भेटवार्ता हतियार खरिदबिक्री हुनसक्ने भन्दै नाटोको लागि टाउको दुखाइको विषय बनेको छ । युक्रेन युद्धका कारण रुसलाई हतियार चाहिएको तथा उत्तर कोरियाले आफ्नो परमाणु क्षमतामा निखरता ल्याउन यो वार्ता भइरहेको अमेरिकी रक्षा मन्त्रालयको ठम्याई छ । 

विशेषज्ञहरूका अनुसार उत्तर कोरियासँग सोभियत डिजाइनमा आधारित लाखौँ तोप गोला र रकेट छ । यस प्रकारको भेटवार्ताले विगत १७ महिनादेखि चलिरहेको रुस युक्रेन युद्ध झनै प्रभावित हुने आकलन गरिँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुल...
लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

‌दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत ``ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि `...
सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

दार्चुला। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित ...
घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल...