दार्चुला।दार्चुलाको मार्मा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती विवरण सार्वजननिक गरेको छ।चालु र पुजीगत कुल ४२ करोड ८३ लाख २३ हजार बजेट रहेकोमा ३८ करोड ६३ लाख ६० हजार खर्च गरिएको जनाएको छ।चालू तर्फको कुल बिनियोजित बजेट ३० करोड ७३ लाख २७ हजार मध्ये २८ करोड १२ लाख १२ हजार अर्थात ९१.५ प्रतिशत खर्च गरिएको छ।त्यस्तै पुजीगत तर्फ कूल १२ करोड ९ लाख ९६ हजार विनियोजित बजेट मध्ये १० करोड ५१ लाख ४८ हजार अर्थात ८६.९ प्रतिशत खर्च गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दन सिह ठगुन्नाले जानकारि दिनुभएको छ।मंगलबार एक पत्र जारी गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को प्रगती विवरण सार्वजनिक गरेको छ।