सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी लगायतका विभिन्न जिल्लामा असार मसान्तका दिन मैझारो पर्व मनाउने गरिन्छ । धान रोप्ने काम सम्पन्न भएसंगै हरेक वर्ष असार मसान्तका दिन मैझारो पर्व मनाउने चलन छ ।
दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असार महिनाको अन्तिम दिन घरका झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ राख्ने प्रचलन छ । काँडेदार उक्त बिरुवालाई स्थानीय स्तरमा झिझिरकाँडाको नामले चिनिन्छ । कतै असार मसान्तका दिन मैझोरो पर्वका दिन राखिन्छ भने कतै साउने सक्रांन्तीका दिन झ्याल ढोकाहरुमा काँडेदार रुखको हाँगाँ राख्ने चलन छ । काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राखिने प्रचलन रहि आएको छ।
किन राखिन्छ झिझिरकाँडा ?
असार महिना सकिएसंगै देवी–देवता शिव भगवानको बासस्थान मानिने कैलाश जाने किंबदन्ती अनुसार सुरक्षाका लागि यहाँका स्थानियहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रही आएको हो । नर अथवा मानिसहरुको रक्षा गर्ने देवी देवता कैलाश जाने भएकाले साउन महिनाभरि राशसहरुको बिगबिगी बढ्ने भन्दै राशसबाट बच्न झ्याल ढोकामा झिझकाँडा राख्ने गरिन्छ । ‘साउन महिना भरि देवी देवता कैलाश तिर हुन्छ मानव बस्तीतिर राक्षसहरुको मनपरि चल्छ, घरभित्र नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा पहिले देखिकै हो।
साउन महिना मानिसहरु देवी–देवताको साहारा बिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरु हुने भन्दै असार मसान्तका दिन संर्सौ, कालोमास, गहत, जौ, तिल जस्ता पञ्च नाजले परिवारका सबै सदस्यहरुको टाउमाथि घुमाएर बाहिर फाल्ने चलन छ । यसरी पाँच प्रकारका अन्नले टाउको माथि घुमाएर फालेपछि रोग ब्याधी, शरिरमा चोटपटक नलाग्ने जनविश्वास रही आएको छ ।
देबी देवता कैलाशा तिर जाने भएकाले मावन बस्ती देबी देवता विहीन हुने भएकाले साउन महिनालाई कालो महिनाले पनि चिनिने गरिन्छ । साउन महिना देवी देउता कैलाश जाने भएकाले साउन महिनालाई कालो महिनाको नाम दिइएको हो।
बर्खेबाली रोपी सकेकाले फुर्सदमा हुने भएकाले मैझारो पर्वका रुपमा सुदूदरपश्चिमका विभिन्न जिल्लामा यो पर्व मनाउने परम्परा छ । असार मसान्तका दिन मनाइने पर्वलाई यहाँका स्थानीयहरुले मैजारो पर्व नाम दिएका छन् । मुख्य गरि रोपाई सकिएकाले खेतको दुःख कष्ट भुलाउने र आफन्तहरुसंग भेटघाँटको अवसर जुराउने ढंगले पनि यो पर्व मनाउने परम्परा रहेको स्थानीयहरुको भनाई छ ।