मार्माली आवाज

व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

Advertisement

दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो ।
‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् ।
चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले जिल्ला प्रशासन कार्यालयमार्फत पठाएका १८७ जनाको सूची पठाइदिएका छौ ।
नाका सञ्चालनको औपचारिक जानकारी न आए पनि स्थानीयले ताक्लाकोट जान तयारी थालेको बोहराले बताए । उनले भने, छाङ्गरु र तिंकरको बीच भागमा पर्ने राकाङ क्षेत्रमा बाटो अवरुद्ध भएको थियो । स्थानीयले सोमबार श्रमदानमार्फत बाटो मर्मत गरेको बोहराले बताए । बाटो सुधार गरिएको छ ।
कोभिड महामारीका कारण २०७६ सालदेखि बन्द भएको तिंकर नाका खुलेपछि व्यापारी भने खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

दार्चुला।दार्चुला जिल्ला पर्यटकीय गन्तव्य बोकेको जिल्ला हो।जहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छन।भौगोलिक हिसाबले बिकट मानिएको दार...
कविता :म पनि हराएको छु।

कविता :म पनि हराएको छु।

न आफन्त छन न साथि भाइ घरपरिवारबाट टाढा छु छिमेकिबाट टाढा छु सोच्छौ तिमी नजिक छ भनेर तर म भौतिक रुपमा टाढा छु अन्तरमने ले गा...
अपिहिमाल गाउँपालिका अध्यक्ष प्रिमियर क्रिकेट प्रतियोगिता सम्पन्न।उपाधी `अलस्टारले हात पाय्रो।

अपिहिमाल गाउँपालिका अध्यक्ष प्रिमियर क्रिकेट प्रतियोगिता सम्पन्न।उपाधी `अलस्टारले हात पाय्रो।

दार्चुला।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर -१९ क्रिकेट प्रतियोगिता उपाध...
प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk...