मार्माली आवाज

लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

Advertisement

‌दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत “ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि “लेकमैको सेरो´´ डेउडा गीत सार्वजनिक गरेका बोहराले शनिबार ए साली तेरि दिदी बोलको गीत बजारमा ल्याएका हुन।लभ लाइट म्युजिक स्टुडियो नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका छन।गीतमा लय तथा शब्द तथा स्वर स्वयम् बोहराकै रहेको छ भने स्वरमा साथ दिएकि छन संगीता बडुवालले।
सुदूरपश्चिमका मौलिक पर्वहरु गौरा/जाँत लगायतका मेलाहरुमा खेलिने खेललाई देउडा गित मार्फत बजारमा ल्याएको गायक बोहराले बताए। प्रकृति र संस्कृतिको धनी सुदूरका पुराना भाकालाई नयाँ रुप दिदै देउडा गित मार्फत बजारमा ल्याएको उहाले बताउनुभयो।उक्त गीतलाई हेरेर साथ सहयोग गर्न हुन बोहराले आग्रह गरेका छ्न।

दिपक बोहराको बारेमा संक्षिप्त जानकारी

गायक तथा सर्जक दिपक बोहराको जन्म वि.स. २०५४ असोज २ गते दार्चुलाको लेकम गाउँपालिका वडा नं १ सर्मोली,गाँजरिमा जन्मेका हुन।बुबा बिसन सिह बोहरा र आमा गोबडि बोहराको कोखबाट जन्मिएका बोहरा गीत संगित भनेपछी सानैदेखी हुरुक्क हुन्थे।“सानै देखि गीत संगीतमा एकदमै रुचि राख्थे । मलाई स्मरण छ ५/६ कक्षामा स्कुल पढ्दा घरबाट कापि कलम किन्छु भनेर बजार जान्थे र बजारबाट फर्किदा क्यासेट किनेर आउथे´´उनले स्मरण गरे।त्यस्तै  विद्यालयमा हुने सांगीतिक कार्यक्रहरुमा उनी नियमित सहभागिता जनाउथे।मेला पात होस या चाँडबाँड होस उनी जहिले देउडियाको भुमीका निर्वाह गर्ने एक कुशल पात्र हुन।कुरा वि.स.२०७४ साल तीरको हो।उनी जब कक्षा १२ को परीक्षा उत्तीर्ण गरेर उस्तै घरमा बसिरहेका थिए।उनको परिवारबाट नेपाली सेनामा भर्ती हुन भनी कर गरे। नेपाली सेनामा भर्ती हुन्छु भनेर घरबाट ३०/३५ हजार रुपिया बोकेर प्रदेश राजधानी धनगढी सम्म पुगे।उनको मनले भर्ती हुन कहाँ मान्थ्यो र ढुकढुकीमा गीतको माया लागे पछि।धनगढी पुगेपछी उनी गीत रेकर्ड गर्न तिर लागे।कुरा वि.स.२०७४ सालको हो।गीत संगीत त्यसमा पनि सुदूरपश्चिमको भाका भने उनीप्रती साह्रै मोह स्नेह र माया छ।उनी कला संस्कृती र रितिरिवाजको सम्मान गर्नुपर्ने कुरामा जोड दिन्छन।

बोहरा हाल :वैदेशिक रोजगारिको सिलसिलामा ओमन हुनुहुन्छ।

Video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुल...
लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

‌दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत ``ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि `...
सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

दार्चुला। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित ...
घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल...