दार्चुला।दार्चुला जिल्ला पर्यटकीय गन्तव्य बोकेको जिल्ला हो।जहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छन।भौगोलिक हिसाबले बिकट मानिएको दार्चुला पर्यटकीय क्षेत्रमा भने निकै सुगम मानिएको छ।दार्चुलाका मध्यभागमा रहेका पर्यकीय क्षेत्रहरुमा अझै त्यहांका स्थानीय सरकारहरुको ध्यान पुग्न सकिरहेको छैन।प्रचार प्रसारमा चासो नदेखिएका ती सुन्दर ठाउँहरु उजाड परेका छन।ती ठाउँहरुको बारेमा चर्चा परिचर्चा गर्दा तपाईं हाम्रो नजरअन्दाज पुग्न सक्छ या सक्दैन।पर्यटकीय स्थलहरुको बढोउत्तरी गर्ने हो भने त्यहाँका स्थानीयहरुको भावि जिविकोपार्जन त्यही बन्न सक्छ कि?
१ नौगाड सिप्टी र मार्मा शेरी सिमाबिन्दुमा रहेको बिनायक धार
मार्मा गाउँपालिका वडा नं ६ र नौगाड गाउँपालिका वडा नं ४ स्थित रहेको बिनायक डांडां पर्यटकीय गन्तव्य बोकेको एक सुन्दर ठाउँ हो।जहाँको भौगोलिक बनावट सुन्दरताले झल्किएको छ।करिब २००० देखि २१०० सय मिटरको अग्लो स्थानमा रहेको उक्त क्षेत्र निकै आकर्षक रुपमा देख्न सकिन्छ।नेपालका ४ जिल्ला र भारत पिथौरागढका केही ठाउँहरु सहजै देख्न सकिने उक्त क्षेत्र पर्यटकीय गन्तव्य भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा परिरहेको छ।उक्त डाँडाँ बाट नेपालका सुदूरपश्चिम अन्तर्गत दार्चुलाको अपिहिमाल मार्माको पुरै भुगोल,नौगाड शैल्यशिखर त्यस्तै बैतडीका डिलाशैनी,पाटन नगरपालिकाका उच्च भूभागका बस्ती सहजै अवलोकन गर्न सकिन्छ।त्यस्तै डडेलधुराका केही स्थान सहजै देख्न सकिन्छ।त्यस्तै भारतको पिथौरागढका केही भूभाग उक्त ठाउँबाट सहजै अवलोकन गर्न सकिन्छ।दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट १५ औ कोष टाढा रहेको सो ठाउँ पैदल यात्रामा झण्डै एक दिन हिडेर पुगिने उक्त ठाउँमा हाल सडक सञ्जालले छोएको भएता पनि निरन्तर यातायात चल्न सकिरहेका छैनन।बिनायक धारको अर्को विशेषता भनेको ३० मेगावाटको चमेलिया जलविद्युत र चमेलिया जलविद्युत ड्याम सहजै अवलोकन गर्न सकिन्छ।पूर्वमा शेरी मौरे,निम्ठा गोलेकुडी गाउँ पश्चिममा सिप्टी मल्लामट्टे,गाउँ,त्यस्तै रानी वन, उत्तरमा देवाल डाँडाँ,सुङगरखाली र दक्षिणमा परिवन,भिड गाउँ रहेको छ भने अपिहिमालको दर्शन गर्न सकिने अपिहिमालका गाउँ खण्डेशरी,मार्मा १ ताकु गुल्जर,जुडे गाउँ सहजै देख्न सकिन्छ।मार्मा गाउँपालिका वडा नं ३ लटिनाथ बजार चिउरानी बदुरे,बजानी,सार्सी मटेला,पारिबगड,लम्बगर लगायतका ठाउँहरु सहजै अवलोकन गर्न सकिन्छ।मार्मा गाउँपालिकाको वडा नं ५ मुरै,गोल्फा,नखिरी वडा न ४ अन्तर्गत रहेका मर्मती तपोवन लगायतका गाउबस्तिहरु सहजै उक्त डाँडाँबाट अवलोकन गर्न सकिन्छ।चमेलिया नदीको छेवैमा रहेको उक्त क्षेत्रका लागि पर्यटकीय गन्तव्य बनाउन कुनै तह तप्काका सरकारले किन पहल कदम चाल्न सकेनन?त्यसका लागि हामी सोधखोज रिपोर्ट गर्ने नै छौं।
२.नौगाड गाउंपालिका ५ र नौगाड गाउँपालिका ३ मा स्थित ताराकोटशैन
नौगाड गाउँपालिका वडा नं ३ र ५ जोड्ने ठाउँ हो ताराकोट शैन।जहाँ हरियाली स्वच्छ वातावरण सहित आन्तरिक पर्यटकहरु घुमिरहन्छन।पूर्वमा घोरकट्या गाउँ पश्चिममा जामिर बिलासौउ र खार गाउँ उत्तरमा लामाडेरा गाउँ दक्षिणमा सल्ला इयरकोट,लक्सेरी गाउँ रहेको उक्त ठाउँ पर्यटकका लागि आकर्षक रहेको छ।नजिकै छिपुलथान डाइभरसिटी सुन्डमुन्डको प्रचारप्रसार तथा होम स्टेको प्रबन्धक हुदा समेत सो ठाउँ प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ।
दार्चुला र बझाङको सिमानामा रहेको परमचुला धाम।
मार्मा गाउँपालिकाको सबैभन्दा अग्लो स्थानमा रहेको धार्मिक तथा पर्यटकीय स्थल हो परमचुली धाम।जहाँ धार्मिक आस्थाको रुपमा लिने गरिन्छ।पूर्वमा बझाङ पश्चिममा मार्मा गाउँपालिका उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा डिलाशैनी गाउँपालिका बैतडी रहेको छ।प्रमचुली धाम सम्म सडक निर्माण गर्ने रणनीति राखेको मार्मामा गाउँपालिकाले उक्त क्षेत्रको प्रचारप्रसारमा जोड दिन सकिरहेको छैन।परमचुली धाम सम्म यात्रा गर्न सहजता भए उक्त ठाउँ सम्म पर्यटकहरु सहजै पुग्न सक्ने थिए।
पर्यटन प्रवर्दनमा चासो दिनु स्थानीय सरकारको प्रमुख भूमिका रहन्छ।हामीले उल्लेख गरेका उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सके स्थानीय सरकार र स्थानीय बासिन्दाहरुको जीविकोपार्जनमा थप टेवा पुग्ने छ।