दार्चुला।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर -१९ क्रिकेट प्रतियोगिता उपाधि अपिहिमाल वडा नं १ स्थित अलस्टार टिमले हात पारेको छ।कार्तिक ७ गतेदेखी सन्चालन गरिएको खेल आज आइतबार समापन गरिएको छ। अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री, प्रदेश सभा सदस्य मान बहादुर धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा सम्पूर्ण वडाका वडा अध्यक्षहरु, विद्यालयहरुका प्रधानाध्यापक, तथा खेलप्रेमीहरुको उपस्थितिमा एंव आतिथ्यता रहेको थियो ।खेलमा जम्मा ७ टिमको सहभागिता रहेको थियो। उपविजेता भने अपिहिमाल वडा नं ४ को ‘खण्डेश्वरी टाइगर्स’ बनेको छ । बिजेता अपि अलस्टारको टिमले …
दार्चुला।एकातीर लगातारको वर्षा सुरु भए संगै भिविन्न ठाउँमा बाढी पहिरो र भू-क्षयको डर छ भने अर्कोतीर हावा हुरिले समेत धनजनको क्षती पुय्राइरहेको छ।स्थानीयहरुलाई विपदको बेला के गर्ने भन्ने डर त्रास छ।देशभरी जताततै प्राकृतिक प्रकोप बाढी पहिरो लगायतका खतरा भैरहेको बेलामा स्थानीय जनताका पिडाहरुमा मलम लगाउन स्थानीय सरकार कतिको लागिपरेको छ।त्यो भने हेर्न बाकि छ। दार्चुला जिल्लाको मार्मा गाउँपालिकाका विभिन्न गाउँमा पहिरो गएर कतिपय स्थानीयहरुको घरमा क्षती पुय्राएको छ भने कतिपय स्थानीयाहरुको जग्गा बगाएको छ।बुधबार मात्रै मार्मा गाउँपालिका वडा नं ६ चौसिलका डम्बर डडालको घरमा पहिरो खस्यो।पहिरोबाट घरको छत र भित्री पट्टि अधिकांश भागमा क्षती पुय्रायो भने अझै पहिरो जान रोकिएको…
दार्चुला।डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा न.१ कलेना बस्ने बर्ष अन्दाजी २२ कि ललिता बोहराले बिष (सेल्फाल) सेबन गरि आत्महत्या गरेकी छिन । आज बिहान बिष सेबन गरेको थाहा पाएपछी उहाका श्रीमान भरत बोहराले जोगबुडा अस्पताल भर्ना गर्नु भएको थियो तर भर्ना भएको करिब ३ घन्टा सम्म बचाउन निरन्तर प्रयास गर्दापनी सम्भब नभइ उपचारको क्रममा निधन भएको जोगबुडा अस्पतालका डा. जितेन्द्र चौधरीले बताउनु भएको छ। परशुराम नगरपालिका वडा न.५ परिगाउ माइत घर भएकी ललिता बोहरा माइती घर बाटै भुबनेस्वरी नमुना मा.बि. कक्षा १२ मा पढ्नु हुन्थ्यो ।३ बर्षिय छोरीकी आमा समेत रहेकी ललिताले बिष सेबन गर्नुको कारण थाहा नभएको र बिस्तृत…