मार्माली आवाज

ताजा खबर

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

दार्चुला। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए । चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र  थिए । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई…
Read More
भारतको धारचुला एलागाडको पुल बाढीले बगाउदा खोला थुनियो,महाकाली नदी बढ्ने खतरा, तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन दार्चुलाको आग्रह।

भारतको धारचुला एलागाडको पुल बाढीले बगाउदा खोला थुनियो,महाकाली नदी बढ्ने खतरा, तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन दार्चुलाको आग्रह।

दार्चुला।भारत धारचुलाको उत्तरतर्फ रहेको एलागाडको पुल बाढिले बगाउदा एलागाड खोला थुनिएको छ।माथिबाट आएको बाढीका कारण पुल बगाउदा उक्त पुल नदिमा पसेपछी खोला थुनिएको हो। शुक्रबार सांझ देखि परेको अविरल वर्षाका कारण बाढी गएको हो।उक्त खोलामा पानीको बहाव कम भएता पनि निरन्तर वर्षातका कारण राती पानीको बहाव बढ्न सक्ने खतरा रहेकाले महाकाली नदि तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। महाकाली नदीमा जलस्थर बढ्न सक्ने भएकाले महाकाली नदी आसपासका बस्तीका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनका लागि स्थानीयहरुलाई जानकारी गराइएको हो।
Read More