दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुला पुरुष भलिबल खेल सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ।गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारद धामीले बताउनुभयो।युवा अवस्थामै दिवंगत हुने मार्मा गाउँमालिका वडा ६ सिरानपानीका स्व. देव सिह धामी, मार्मा ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नं ६ तल्लाधरेबाज निवासी स्व.प्रताप डडाल तीनै जनाको स्मृतिमा उक्त भलिबल खेलको आयोजना गर्न…
दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…
सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी लगायतका विभिन्न जिल्लामा असार मसान्तका दिन मैझारो पर्व मनाउने गरिन्छ । धान रोप्ने काम सम्पन्न भएसंगै हरेक वर्ष असार मसान्तका दिन मैझारो पर्व मनाउने चलन छ । दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असार महिनाको अन्तिम दिन घरका झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ राख्ने प्रचलन छ । काँडेदार उक्त बिरुवालाई स्थानीय स्तरमा झिझिरकाँडाको नामले चिनिन्छ । कतै असार मसान्तका दिन मैझोरो पर्वका दिन राखिन्छ भने कतै साउने सक्रांन्तीका दिन झ्याल ढोकाहरुमा काँडेदार रुखको हाँगाँ राख्ने चलन छ । काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राखिने प्रचलन…
दार्चुला।भारत धारचुलाको उत्तरतर्फ रहेको एलागाडको पुल बाढिले बगाउदा एलागाड खोला थुनिएको छ।माथिबाट आएको बाढीका कारण पुल बगाउदा उक्त पुल नदिमा पसेपछी खोला थुनिएको हो। शुक्रबार सांझ देखि परेको अविरल वर्षाका कारण बाढी गएको हो।उक्त खोलामा पानीको बहाव कम भएता पनि निरन्तर वर्षातका कारण राती पानीको बहाव बढ्न सक्ने खतरा रहेकाले महाकाली नदि तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। महाकाली नदीमा जलस्थर बढ्न सक्ने भएकाले महाकाली नदी आसपासका बस्तीका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनका लागि स्थानीयहरुलाई जानकारी गराइएको हो।
दार्चुला।एकातीर लगातारको वर्षा सुरु भए संगै भिविन्न ठाउँमा बाढी पहिरो र भू-क्षयको डर छ भने अर्कोतीर हावा हुरिले समेत धनजनको क्षती पुय्राइरहेको छ।स्थानीयहरुलाई विपदको बेला के गर्ने भन्ने डर त्रास छ।देशभरी जताततै प्राकृतिक प्रकोप बाढी पहिरो लगायतका खतरा भैरहेको बेलामा स्थानीय जनताका पिडाहरुमा मलम लगाउन स्थानीय सरकार कतिको लागिपरेको छ।त्यो भने हेर्न बाकि छ। दार्चुला जिल्लाको मार्मा गाउँपालिकाका विभिन्न गाउँमा पहिरो गएर कतिपय स्थानीयहरुको घरमा क्षती पुय्राएको छ भने कतिपय स्थानीयाहरुको जग्गा बगाएको छ।बुधबार मात्रै मार्मा गाउँपालिका वडा नं ६ चौसिलका डम्बर डडालको घरमा पहिरो खस्यो।पहिरोबाट घरको छत र भित्री पट्टि अधिकांश भागमा क्षती पुय्रायो भने अझै पहिरो जान रोकिएको…