मार्माली आवाज

मार्माली आवाज

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

दार्चुला। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए । चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र  थिए । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई…
Read More
व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…
Read More
भारतको धारचुला एलागाडको पुल बाढीले बगाउदा खोला थुनियो,महाकाली नदी बढ्ने खतरा, तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन दार्चुलाको आग्रह।

भारतको धारचुला एलागाडको पुल बाढीले बगाउदा खोला थुनियो,महाकाली नदी बढ्ने खतरा, तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन दार्चुलाको आग्रह।

दार्चुला।भारत धारचुलाको उत्तरतर्फ रहेको एलागाडको पुल बाढिले बगाउदा एलागाड खोला थुनिएको छ।माथिबाट आएको बाढीका कारण पुल बगाउदा उक्त पुल नदिमा पसेपछी खोला थुनिएको हो। शुक्रबार सांझ देखि परेको अविरल वर्षाका कारण बाढी गएको हो।उक्त खोलामा पानीको बहाव कम भएता पनि निरन्तर वर्षातका कारण राती पानीको बहाव बढ्न सक्ने खतरा रहेकाले महाकाली नदि तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। महाकाली नदीमा जलस्थर बढ्न सक्ने भएकाले महाकाली नदी आसपासका बस्तीका बासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनका लागि स्थानीयहरुलाई जानकारी गराइएको हो।
Read More
मार्मा पहिरो अप्डेट:त्रास नै त्रास गाउँमा।

मार्मा पहिरो अप्डेट:त्रास नै त्रास गाउँमा।

दार्चुला।एकातीर लगातारको वर्षा सुरु भए संगै भिविन्न ठाउँमा बाढी पहिरो र भू-क्षयको डर छ भने अर्कोतीर हावा हुरिले समेत धनजनको क्षती पुय्राइरहेको छ।स्थानीयहरुलाई विपदको बेला के गर्ने भन्ने डर त्रास छ।देशभरी जताततै प्राकृतिक प्रकोप बाढी पहिरो लगायतका खतरा भैरहेको बेलामा स्थानीय जनताका पिडाहरुमा मलम लगाउन स्थानीय सरकार कतिको लागिपरेको छ।त्यो भने हेर्न बाकि छ। दार्चुला जिल्लाको मार्मा गाउँपालिकाका विभिन्न गाउँमा पहिरो गएर कतिपय स्थानीयहरुको घरमा क्षती पुय्राएको छ भने कतिपय स्थानीयाहरुको जग्गा बगाएको छ।बुधबार मात्रै मार्मा गाउँपालिका वडा नं ६ चौसिलका डम्बर डडालको घरमा पहिरो खस्यो।पहिरोबाट घरको छत र भित्री पट्टि अधिकांश भागमा क्षती पुय्रायो भने अझै पहिरो जान रोकिएको…
Read More
डडेल्धुराकि ललिता बोहराको मृतु,बिस सेवन गरि आत्महत्या गरेको खुलासा।

डडेल्धुराकि ललिता बोहराको मृतु,बिस सेवन गरि आत्महत्या गरेको खुलासा।

दार्चुला।डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा न.१ कलेना बस्ने बर्ष अन्दाजी २२ कि ललिता बोहराले बिष (सेल्फाल) सेबन गरि आत्महत्या   गरेकी छिन । आज बिहान बिष सेबन गरेको थाहा पाएपछी उहाका श्रीमान भरत बोहराले जोगबुडा अस्पताल भर्ना गर्नु भएको थियो तर भर्ना भएको करिब ३ घन्टा सम्म बचाउन निरन्तर प्रयास गर्दापनी सम्भब नभइ उपचारको क्रममा निधन भएको जोगबुडा अस्पतालका डा. जितेन्द्र चौधरीले बताउनु भएको छ। परशुराम नगरपालिका वडा न.५ परिगाउ माइत घर भएकी ललिता बोहरा माइती घर बाटै भुबनेस्वरी नमुना मा.बि. कक्षा १२ मा पढ्नु हुन्थ्यो ।३ बर्षिय छोरीकी आमा समेत रहेकी ललिताले बिष सेबन गर्नुको कारण थाहा नभएको र बिस्तृत…
Read More