सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी लगायतका विभिन्न जिल्लामा असार मसान्तका दिन मैझारो पर्व मनाउने गरिन्छ । धान रोप्ने काम सम्पन्न भएसंगै हरेक वर्ष असार मसान्तका दिन मैझारो पर्व मनाउने चलन छ । दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असार महिनाको अन्तिम दिन घरका झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ राख्ने प्रचलन छ । काँडेदार उक्त बिरुवालाई स्थानीय स्तरमा झिझिरकाँडाको नामले चिनिन्छ । कतै असार मसान्तका दिन मैझोरो पर्वका दिन राखिन्छ भने कतै साउने सक्रांन्तीका दिन झ्याल ढोकाहरुमा काँडेदार रुखको हाँगाँ राख्ने चलन छ । काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राखिने प्रचलन…