दार्चुला।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर -१९ क्रिकेट प्रतियोगिता उपाधि अपिहिमाल वडा नं १ स्थित अलस्टार टिमले हात पारेको छ।कार्तिक ७ गतेदेखी सन्चालन गरिएको खेल आज आइतबार समापन गरिएको छ। अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री, प्रदेश सभा सदस्य मान बहादुर धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा सम्पूर्ण वडाका वडा अध्यक्षहरु, विद्यालयहरुका प्रधानाध्यापक, तथा खेलप्रेमीहरुको उपस्थितिमा एंव आतिथ्यता रहेको थियो ।खेलमा जम्मा ७ टिमको सहभागिता रहेको थियो। उपविजेता भने अपिहिमाल वडा नं ४ को ‘खण्डेश्वरी टाइगर्स’ बनेको छ । बिजेता अपि अलस्टारको टिमले …
सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk ग्रुप मार्मा १ ले हात पारेको छ।त्यस्तै द्वितीय स्थान भने नौगाड गाउँपालिका वडा नं ४ सिप्टी बि टिमले हात पारेको छ भने त्रितिय स्थान नौगाड ५ सेलाबगड टिम भएको छ।प्रथम हुने टिमले ३० हजार नगद,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ।द्वितिय टिमलाई १८ हजार नगद प्रमाणपत्र र सिल्ड वितरण गरिएको आयोजकले जनाएको छ।त्यस्तै त्रितिय टिमलाई नगद रु १२ हजार,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ ।चौथो सान्त्वना भने आयोजक टिम C भएको छ।सान्त्वना हुने टिमलाई नगद ६ हजार प्रदान गरिएको क्लबका…
दार्चुलाको मार्मा गाउँपालिका वडा नं ६ स्थित, रहेको सशक्त युवा एकता समाज युवा क्लबले प्रथम PHD वडा स्तरिय खुल्ला पुरुष भलिबल खेल सन्चालन आगामी कार्तिक ५ गतेदेखी सन्चालन गर्ने भएको छ।प्रथम पटक उक्त खेल सन्चालनको तयारी गर्न लागिएको आयोजकले जनाएको छ।``खेलाडी मान होइन सम्मान हो,खेलकुद सान होइन पहिचान हो भन्ने मुल नाराका साथ खेलको आयोजना गर्न लागिएको सशक्त युवा एकता समाज क्लबका अध्यक्ष नारद धामीले जानकारी दिनुभयो। गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका…
दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल सिंह साउँद (भमारो) का श्रीमती सरिता साउँद (सरे) को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जनाएको छ।आइतबार घाँस काट्न गएको बेला भिरबाट लडेर उनको मृतु भएको हो।
दार्चुला।दार्चुलाको मार्मा गाउँपालिका वडा नं ३ सल्लेथुमका मदन सिह विष्टलाई घाटिको क्यान्सर भएको लामो समय भयो।क्यान्सरको उपचार गराउदा गराउदै १२/१३ लाख खर्च भयो तर क्यान्सर निको नभएर झन खतरापूर्ण हुन थाल्यो।एकातीर पारिवारिक अवस्था कमजोर,अर्को तिर क्यान्सर जस्तो सम्वेदनशील रोग उपचार गराउदा गराउदै सबै पैसा रित्तियो।हाल उनी चितवनको अस्पतालमा उपचारार्थ अवस्थामा हुनुहुन्छ।क्यान्सरको उपचार गराउदा अझै धेरै खर्च लाग्ने डाक्टरहरु बताउछन। उहाँको आर्थिक जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान जारि छ।हालसम्म उहाँको उपचारका लागि २ लाख ९९ हजार १ सय ७६ रुपियाँ आर्थिक संकलन भएको आफन्त पुष्कर विष्ट बताउनुहुन्छ।मार्माली आवाजसंगको कुराकानीमा,खर्च के कति लाग्ने?भन्ने प्रश्नमा उहाँले भन्नुभयो असिमित छ,उहाँको घाटीको क्यान्सरको…