मार्माली आवाज

Marmali aawaj

प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk ग्रुप मार्मा १ ले हात पारेको छ।त्यस्तै द्वितीय स्थान भने नौगाड गाउँपालिका वडा नं ४ सिप्टी बि टिमले हात पारेको छ भने त्रितिय स्थान नौगाड ५ सेलाबगड टिम भएको छ।प्रथम हुने टिमले ३० हजार नगद,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ।द्वितिय टिमलाई १८ हजार नगद प्रमाणपत्र र सिल्ड वितरण गरिएको आयोजकले जनाएको छ।त्यस्तै त्रितिय टिमलाई नगद रु १२ हजार,प्रमाणपत्र र सिल्ड प्रदान गरिएको छ ।चौथो सान्त्वना भने आयोजक टिम C भएको छ।सान्त्वना हुने टिमलाई नगद ६ हजार प्रदान गरिएको क्लबका…
Read More
सशक्त युवा एकता समाज मार्मा ६ दार्चुलाद्वारा,प्रथम PHD स्मृती वडा स्तरीय खुला भलिबल खेल आगामी कार्तिक महिना ५ गते देखि सन्चालन गरिने।फोटोफिचर..

सशक्त युवा एकता समाज मार्मा ६ दार्चुलाद्वारा,प्रथम PHD स्मृती वडा स्तरीय खुला भलिबल खेल आगामी कार्तिक महिना ५ गते देखि सन्चालन गरिने।फोटोफिचर..

दार्चुलाको मार्मा गाउँपालिका वडा नं ६ स्थित, रहेको सशक्त युवा एकता समाज युवा क्लबले प्रथम PHD वडा स्तरिय खुल्ला पुरुष भलिबल खेल सन्चालन आगामी कार्तिक ५ गतेदेखी सन्चालन गर्ने भएको छ।प्रथम पटक उक्त खेल सन्चालनको तयारी गर्न लागिएको आयोजकले जनाएको छ।``खेलाडी मान होइन सम्मान हो,खेलकुद सान होइन पहिचान हो भन्ने मुल नाराका साथ खेलको आयोजना गर्न लागिएको सशक्त युवा एकता समाज क्लबका अध्यक्ष नारद धामीले जानकारी दिनुभयो। गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका…
Read More
क्यान्सरले जीवन मरणको दोसानमा रहेका विष्ट बचाउ अभियानमा झण्डै ३ लाख आर्थिक सहयोग संकलन,जीवन बचाउन सक्दो सहयोग गर्न सबौलाई अपिल।

क्यान्सरले जीवन मरणको दोसानमा रहेका विष्ट बचाउ अभियानमा झण्डै ३ लाख आर्थिक सहयोग संकलन,जीवन बचाउन सक्दो सहयोग गर्न सबौलाई अपिल।

दार्चुला।दार्चुलाको मार्मा गाउँपालिका वडा नं ३ सल्लेथुमका मदन सिह विष्टलाई घाटिको क्यान्सर भएको लामो समय भयो।क्यान्सरको उपचार गराउदा गराउदै १२/१३ लाख खर्च भयो तर क्यान्सर निको नभएर झन खतरापूर्ण हुन थाल्यो।एकातीर पारिवारिक अवस्था कमजोर,अर्को तिर क्यान्सर जस्तो सम्वेदनशील रोग उपचार गराउदा गराउदै सबै पैसा रित्तियो।हाल उनी चितवनको अस्पतालमा उपचारार्थ अवस्थामा हुनुहुन्छ।क्यान्सरको उपचार गराउदा अझै धेरै खर्च लाग्ने डाक्टरहरु बताउछन। उहाँको आर्थिक जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान जारि छ।हालसम्म उहाँको उपचारका लागि २ लाख ९९ हजार १ सय ७६ रुपियाँ आर्थिक संकलन भएको आफन्त पुष्कर विष्ट बताउनुहुन्छ।मार्माली आवाजसंगको कुराकानीमा,खर्च के कति लाग्ने?भन्ने प्रश्नमा उहाँले भन्नुभयो असिमित छ,उहाँको घाटीको क्यान्सरको…
Read More
दिपक बोहराले ल्याए मर्मस्पर्शी डेउडा गीत:लेकमैको सेरो,स्वरमा गोपाल दयाल र इब्सल सन्ज्याल।भिडियो..

दिपक बोहराले ल्याए मर्मस्पर्शी डेउडा गीत:लेकमैको सेरो,स्वरमा गोपाल दयाल र इब्सल सन्ज्याल।भिडियो..

दार्चुला।दार्चुलाको लेकम गाउँपालिका १ शर्मोली घर भएका नव गायक दिपक बोहराले नयां डेउडा गीत लेकमैको सेरो बजारमा ल्याएका छन।बोहरा हाल रोजगारिको सिलसिलामा ओमन हुनुहुन्छ।#लभ लाइट म्युजिक स्टुडियो नामको युट्युबमा सार्वजनिक गरिएको गीतमा लय,शब्द र प्रस्तुत स्वंयमकै रहेको छ भने गीतमा स्वर भने चर्चित डेउडा गायक गोपाल दयाल र इब्सल संज्यालले दिएका छन।अभिनय भने हिराकाजी सेन्चुरी अनिता पौडेल र ठकुरी तेजाको रहेको छ।जन्मभूमी दार्चुला लेकमको सम्झनाका शब्दहरु गीतमा राखेका छन।जन्मभूमी छोडेर घर परिवार आफन्त छोडेर पराइको भूमिमा जानुको पीडा बियोगान्त उक्त गीतको मर्मस्पर्शी रहेको छ।बोहराले यो भन्दा अगाडी न्याउली पातल, बोलको डेउडा गीत बजारमा ल्याइसकेका छन।शुभचिन्तक,आफ्ना आफन्त र सम्पूर्ण श्रोताहरुले उक्त गीतलाई…
Read More
मार्मा गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती विवरण सार्वजनिक,कुल ९०.२ प्रतिशत खर्च।

मार्मा गाउँपालिका द्वारा आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती विवरण सार्वजनिक,कुल ९०.२ प्रतिशत खर्च।

दार्चुला।दार्चुलाको मार्मा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती विवरण सार्वजननिक गरेको छ।चालु र पुजीगत कुल ४२ करोड ८३ लाख २३ हजार बजेट रहेकोमा ३८ करोड ६३ लाख ६० हजार खर्च गरिएको जनाएको छ।चालू तर्फको कुल बिनियोजित बजेट ३० करोड ७३ लाख २७ हजार मध्ये २८ करोड १२ लाख १२ हजार अर्थात ९१.५ प्रतिशत खर्च गरिएको छ।त्यस्तै पुजीगत तर्फ कूल १२ करोड ९ लाख ९६ हजार विनियोजित बजेट मध्ये १० करोड ५१ लाख ४८ हजार अर्थात ८६.९ प्रतिशत खर्च गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दन सिह ठगुन्नाले जानकारि दिनुभएको छ।मंगलबार एक पत्र जारी गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को…
Read More