दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल सिंह साउँद (भमारो) का श्रीमती सरिता साउँद (सरे) को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जनाएको छ।आइतबार घाँस काट्न गएको बेला भिरबाट लडेर उनको मृतु भएको हो।
दार्चुला।सरकार राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न सरकारले बाधा अड्काउ फुकाउनको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्। उनले सरकारले नेपाल…