मार्माली आवाज

Nepal

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल सिंह साउँद (भमारो) का श्रीमती सरिता साउँद (सरे) को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जनाएको छ।आइतबार घाँस काट्न गएको बेला भिरबाट लडेर उनको मृतु भएको हो।
Read More
व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…
Read More
नारायणगढ मुग्लिन सडकमा पहिरोमा पुरिएका एन्जल बसमा २४ जना र गण्पती डिलक्समा ४१ जना थिए यात्रु।

नारायणगढ मुग्लिन सडकमा पहिरोमा पुरिएका एन्जल बसमा २४ जना र गण्पती डिलक्समा ४१ जना थिए यात्रु।

दार्चुला।नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको छ। बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ।१७किलोमा ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी छ।
Read More