दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…